Prospect of ICT Development and Role of ITFN

Home / Blog

Prospect of ICT Development and Role of ITFN

Posted Date : 2015 Jun, 30

आजको युग सुचना र सञ्चार प्रविधिको युग हो । परिवर्तित समयसंगै तीव्र गतिमा  विकास भईरहेको सञ्चार प्रविधिको कारण विश्व संवन्धको दुरी अत्यन्तै निकट भएको  यथार्थतालाई  नकार्न सकिंदैन । यसरी तीव्र गतिमा भईरहेको प्रविधिको  विकासलाई  हाम्रो जस्तो विकासोन्मुख मूलुकले पनि पछ्याइरहेको छ र पछिल्लो दशवर्षको अवधिलाई अवलोकन गर्ने हो भने सुचना र सञ्चारप्रविधिको क्षेत्रमा नेपालले पनि उत्साहजनक फड्को मारिरहेको छ । जुन सकरात्मक पक्ष हो । हामी कहां भएका विकासका यी श्रृङ्खलाहरु अधिकांश व्यक्तिगत प्रयासहरुका रुपमा नै सिमित रह्यो । फलत ज–जसले प्रयत्न गरे उनीहरु मूलुकका कुना कुनामा छरिएर रहनुका साथै जीविकोपार्जनमा मात्रै आधारित हुनुले मूलुकले यस क्षेत्रमा चाहे जतिको सफलता प्राप्त गर्न सकेन ।

मूलुकको समग्र विकासका लागि सवै क्षेत्रमा उत्तिकै महत्वपुर्ण भूमिका निर्वाह गर्ने यस क्षेत्रमा कार्यरत व्यक्ति लगायतका सरोकारवालाहरुलाई एकत्रित गर्दै उनीहरुको पेशाप्रति नै आइपर्न सक्ने समस्याहरुको संस्थागत रुपमा समाधान गर्नुका साथै उनीहरुको हकहित र व्यवसायिक विकासका लागि न्यायोचित नीति निर्माणको तहसम्म पहुँच पु¥याउने एक साझा संगठनको  आवश्यकता महशुस भएकोले लामो समयको बहश र छलफल पछि २०७० सालको बैशाख महिनामा विधिवत रुपमा यस  आइ.टी. महासंघ नेपालको स्थापना गरिएको हो । आई.टी महासंघ नेपाल  एक गैरनाफामूलक, गैर राजनीतिक, रुपमा स्थापित सेवाप्रदायक सामाजिक संस्था हो । यस महासंघ सुचना र सञ्चारप्रविधिमा दखल राख्ने सदस्यहरु मार्फत संचालित छाता संगठन हो । यस महासंघको सदस्यता सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कृयाशील व्यक्ति, व्यवसायी, संघसंस्थाहरुले प्राप्त गर्न सक्नेछन् ।

यस महासंघले ूसुचना तथा संचार प्रविधिको सार, दिगो विकासको आधारू भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै सुचना तथा सञ्चार नीति निर्माण, क्षमता विकास कार्यक्रम, अभिमुखिकरण र सचेतना  जस्ता कार्यक्रम लक्षितवर्ग सामु गर्दै आईरहेको छ । नेपालमा सुचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग तथा एक रणनीतिक दिशा र आकार वनाई सुचना तथा सञ्चार उद्योग निर्माण परिलक्षित भई एक साझा राष्ट्रिय कार्यक्रम अगाडी वढाउदै आएको छ । हाल सम्म देशका पांचवटै विकासक्षेत्र, २० भन्दा वढि जिल्लामा शाखा विस्तार गरिसकेकोछ । यस संस्था आगामी दिनमा देशभर जिल्ला समिति सन्जाल स्थापित गरि जिल्ला समिति मार्फत सुचना तथा संचार प्रविधिमा शसक्तिकरण र पैरवीका  नीति तथा कार्यक्रम वढाउने उद्देश्यका साथ अगाडि वढिरहेको छ । 

नेपालको उत्पादकत्व वृद्वि, स्थिर र दिगो विकासका लागि सुचना तथा संचार प्रविधिमा आधारित अर्थव्यवस्था निर्माण गर्ने । संगठित भई सेवाप्रदायक, सेवाग्रहि, अनुसन्धानकर्ता तथा सुचना तथा संचार प्रविधि विशेषज्ञका साथ सहकार्य गरि चुनौतीलाई अवसरका रुपमा वदल्ने दुर दृष्टिका साथ आफ्ना गतिविधिहरु सञ्चालन गर्दैआएको यस महासंघले तपशीलमा उल्लेखित कार्यहरुलाई निरन्तर रुपमा अघि बढाउदै जाने कुरा पनि यहाँहरु समक्ष जानकारी गराउन चाहन्छौं । 

जसअनुसार, उपयुक्त प्रविधिको प्रयोग, नेतृत्व विकास, अनुसन्धान, राष्ट्रिय र अन्तराष्ट्रिय सहयोग परिचालन गरि देशमा उद्योग तथा वाणिज्य, कृषि, वातावरण, स्वास्थ्य, शिक्षा, र सार्वजनिक सेवा प्रविधिको उपयोग मार्फत आर्थिक समृद्वि सुनिश्चित गर्ने । यसका निम्ति देहायवमोजिम कार्यप्रणालीमा काम गर्ने ।



  • अनुसन्धान तथा विकास कार्यक्रम गर्ने ।
  • सुचना प्रविधिमा आधारित दक्ष जनशक्ति उत्पादन गर्ने ।
  • सुचना तथा संचार प्रविधि कार्यशाला, गोष्ठि तथा संजाल विस्तार गर्ने ।
  • विद्यमान उद्योग, शिक्षा, व्यवसायमा कार्यरत विशेषज्ञ विच सम्वन्ध स्थापित गरि उत्प्रेरकको भुमिका निर्वाह गर्ने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने ।
  • विभिन्न सभा, समिति, संघ सस्थामा प्रतिनिधित्व गरि सुचना उद्योगको लागी पैरवी गर्ने । 
  • सरकारका संबन्धित निकायविच कार्यप्रणालि, कौशलता र समान मापक निर्धारण गर्न प्रभावित, पैरवि तथा सहकार्य गर्ने ।


FACEBOOK
keep in touch
IT Federation Nepal Sinamangal Kathmandu Phone : 01-4490408 Email : itfederationnepal@gmail.com
Head Office
Address : Sinamangal KathmanduContact No : 01-4490408Email : itfederationnepal@gmail.com
Birgunj Branch
Address : Pratima chowk, BirgunjContact No : +977-9801102053Email : itfederationnepal@gmail.com
Pokhara Branch
Address : PokharaContact No : +977-9801102049Email : itfederationnepal@gmail.com
Biratnagar Branch
Address : BiratnagarContact No : +977-9801102046Email : itfederationnepal@gmail.com