आइटी महासंघ नेपाल द्वारा धनगढीका विभिन्न कलेजहरुमा “Hacking & security” सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Home / News

आइटी महासंघ नेपाल द्वारा धनगढीका विभिन्न कलेजहरुमा “Hacking & security” सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Posted Date : 2017 Aug, 07

कम्प्युटर र इन्टरनेटको प्रयोग अत्यधिक रुपमा बढ़दै गएको छ । यसलाई ध्यान दिदै ITFN ले हयाकिंग र सेक्युरेटीबारे प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । ITFN ले ‘BE AWARE, BE SECURE’ अभियानका रुपमा काठमाडौँको कलेजहरुबाट शुरु गरेको कार्यक्रम श्रावण ११ देखि १४ सम्म धनगढीमा पनि सम्पन्न भएको छ ।  यस कार्यक्रममा विधार्थीसंगै  IT प्रशिक्षकहरु पनि निःशुल्क लाभाम्भित भएको र युवाहरु धेरै उत्साहित र जिज्ञासु भएको ITFN का अध्यक्ष राजु कुशवाहले जानकारी दिनु भयो ।  यसै सम्बन्धमा हामीले कुशवाहसंग छोटो कुराकानी गरेका थियौ । प्रस्तुत छ उहासंगको कुराकानी :

१. ITFN के हो ? यसको बारेमा थोरै जानकारी दिनुस न । 
ITFN भनेको IT संग सम्बन्धित  संस्था हो । इंग्लिशमा 'IT FEDERATION NEPAL' र नेपालीमा  'आइटी महासंघ नेपाल' भनिन्छ । यो नेपालभरि IT (सफ्टवेयर) मा कामगर्ने व्यक्तिहरु र संस्थाहरुको छाता संगठन  हो । यसकोनेपाल अहीले पनि पछाडीको पछाडी नै छ । त्यसैले  नेपाल पनि अगाडी बढोस भन्ने हाम्रो चाहना हो ।

२. ITFN को सदस्य बन्ने प्रक्रिया के हो ?
एकदमै सझिलो छ । हाम्रो Website बाट फर्म भरेर पनि बन्न सक्नुहुन्छ । अथवा धेरै शहरमा हाम्रो कमिटि छ । कमिटिमा गएर फर्म भरेर पनि बन्न सकिन्छ । सदस्य बने बापत हामीले एकदमै न्युनतम शुल्क २०० लिने गरेका छौ ।

३. यसको सदस्य बनेर बिद्यार्थीहरुलाई के फाइदा हुन्छ ?
सदस्य बनि सकेपछि हामीले समय-समयमा गर्ने गरेको Workshop हरुमा निशुल्क भाग लिन सकिन्छ ।     

४. सरकारी सहयोग नलिएर आफै प्राईभेट रुपमा तपाई आफैले सुरुवात गर्नु भाको छ, त्यसको कारण ? 
अब हेर्नुस सरकारकै मुख ताकेर हामी अहिलेसम्म पछाडी परेका छौ । सरकारी नेताहरु पनि गुहारेका छौ र साथीहरुलाई पनि भनेका छौ । आफ्नो ठाउँबाट एकदमै सहयोग गरिरहनु भाको छ । तर वहाहरुको IT को बुझाई त्यति राम्रो नहुन सक्छ । त्यसैले IT बुझेका हरु को साथ् लिएर हिड्ने खोजेका छौँ । 

५.  अनि अहिलेसम्मको उपलब्धिहरु के के छन ?
अहिले सम्मको उपलब्धि भन्दा खेरि पाच रिजनमा रिजनल कमिटि छ । त्यसै गरि डिस्ट्रिक कमिटि छ । हरेक जिल्लामा नभए नि हामी गर्दैछौ, सबै जिल्लामा कमिटीहरु बनाउदै छौ ।  र त्यो रिजनल कमिटीले चाही ठाउँठाउँमा Awareness कार्यक्रमहरु गरिरहन्छ । जस्तै अहिले हामी धनगढीमा छौ । त्यसै गरि बिरगंज, बिराटनगर, पोखरा ईत्यादी ठाउँहरुमा हाम्रा साथीहरु मिलेर यस्तो कार्यक्रमहरु गरिरहनुभाको छ । IT के हो, IT को विकास भए के फाईदा हुन्छ भनेर त्यो चेतना फैलाउदै हुनुहुन्छ साथीहरु।

६. IT संग सम्बन्धित अरु पनि थुप्रै संस्थाहरु छन । तर तिनीहरुसंग आबद्ध नभएर आफु अलग्गै हिड्नुको कारण ?
हामी अलग्गै होइन संगै हिडेका छौ । तर दूइ चार जनाले गरेर मात्र भएन । हामी सबैले गर्नुपर्छ भनेर हिडेका हौ । वहाहरुले बनाउदै गरेको घरमा अझै दुइचार वटा इट्टा थप्न सक्छौ कि भनेर हिडेका हौ । हामी सबैको उदेश्य नेपालमा IT को विकास गर्ने नै हो ।

FACEBOOK
keep in touch
IT Federation Nepal Sinamangal Kathmandu Phone : 01-4490408 Email : itfederationnepal@gmail.com
Head Office
Address : Sinamangal KathmanduContact No : 01-4490408Email : itfederationnepal@gmail.com
Birgunj Branch
Address : Pratima chowk, BirgunjContact No : +977-9801102053Email : itfederationnepal@gmail.com
Pokhara Branch
Address : PokharaContact No : +977-9801102049Email : itfederationnepal@gmail.com
Biratnagar Branch
Address : BiratnagarContact No : +977-9801102046Email : itfederationnepal@gmail.com