हयाकिङ्ग र सेक्युरिटी सम्बन्धि तालीम

Home / News

हयाकिङ्ग र सेक्युरिटी सम्बन्धि तालीम

Posted Date : 2017 Nov, 17

हयाकिङ्ग र सेक्युरिटी सम्बन्धि एक दिने तालीम
बीरगंज २५ कात्र्तिक ।
आइ.टी.महासंघ नेपाल मध्यमांचल क्षेत्रीय कार्यालयले बीरगंजका प्राबिधिक आइ.टी.तर्फ अध्यनरत बिद्यार्थीहरुका लागि सुचना प्राविधिका बारे हयाकिङ्ग र सेक्युरिटी सम्बन्धी एक दिने तालीम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले तालिमको उद्घाटन गर्दै यस्ता कार्यक्रम बीरगंजमा मात्र नभई देश भरिका बिद्यार्थीहरुलाई तालिम दिने आवश्यक रहेको कुरामा जोड दिनु भयो । उहाँले बीरगंज लाई स्मार्ट सिटिको रुपमा परिवर्तन गर्ने र नगरभरि फ्रि वाई.फाईको ब्यवस्था मिलाउने प्रतिव्धता जनाउनु भयो । कार्यक्रममा क्षेत्रीय कार्यालयका सदस्य तथा बीरगंजस्थित बिभिन्न कलेजका करिब चार सयजना बिद्यार्थीहरुले हयाकिङ्ग र सेक्युरिटी सम्बन्धी तालीम उक्त तालिमबाट लाभान्बित भएका थिए । आइ.टी.महासंघ नेपाल मध्यमांचल क्षेत्रीय कार्यलयका अध्यक्ष बिजय कुुमार कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा आइ.टी.महासंघका केन्द्रिय अध्यक्ष राजुु कुशवाहा, केन्द्रिय कमिटीका उपाध्यक्ष बिजय कुशवाहा, केन्द्रिय सदस्य दिपक तिवारी, मध्यमांचल क्षेत्रीय कमिटीका सचिव शम्भु साह, सहसचिव प्रशान्त कुमार, कोषाध्यक्ष पुरुषोत्तम चौरसिया, मिस्टर हेण्डसम बीरगंजका संदिप कुमार पण्डित लगायतको सहभागिता रहेको थियो । आइ.टी.महासंघ नेपाल मध्यमांचल क्षेत्रीय सचिव शम्भु साहले स्वागत भाषण दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण सहसचिव प्रशान्त कुमारले गर्नु भएको थियो ।




FACEBOOK
keep in touch
IT Federation Nepal Sinamangal Kathmandu Phone : 01-4490408 Email : itfederationnepal@gmail.com
Head Office
Address : Sinamangal, KTM Address Line 1 : Contact : 01-4490408 Contact No 1: 9801102054 Email : itfederationnepal@gmail.com
BIRATNAGAR BRANCH
Address : Biratnagar Contact : +977-9801102046 Email : info@itfn.org.np
POKHARA BRANCH
Address : Pokhara Contact : +977-9801102049 Email : info@itfn.org.np
BIRGUNJ BRANCH
Address : Pratima chowk, Birgunj Contact : +977-9801102053 Email : info@itfn.org.np